अपर अरुण जनताकै लगानीमा बन्छ : राजेन्द्र गौतम



काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संखुवासभा प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतमले अपर अरुण आयोजना संखुवासभाको गौरवको आयोजना भएको बताउनु भएको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसन र पाठकधारा टोल बिकास संस्थाले काठमाडौमा गरेको कार्यक्रममा उहाँले गौरवको आयोजना आफै बनाउनु पर्नेमा जोड दिनुभयो ।

अपर अरुण आयोजना जनताकै लगानीमा बन्नु हितकर भएकाले यो एजेण्डा र प्रस्तावप्रति प्रतिबद्धतासमेत जनाउनुभयो । अपर अरुण आयोजना जनताको लगानीमा बन्नुपर्छ भन्ने एजेण्डाले शक्ति आर्जन गरेको छ र जनताकै लगानीमा बन्न सक्छ भन्ने कुरामा बिश्वस्त रहेको बताउनुभयो । अरुलाई बनाउन दिनु पर्छ भन्ने धारणा कसैको नभएको र त्यसले जिल्लाबासीको हित नगर्ने पनि प्रष्ट पार्नुभयो । जिल्लाको गौरवको आयोजना आफै बनाउँछौ भन्ने अधिकार जिल्लावासीसंग भएको भन्दै आफै बनाउँछौ भन्ने अभियान सकरात्मक छ गौतमले भन्नुभयो ।

आफू यस जिल्लाको प्रतिनिधिसभा सदस्य भएकाले यो आयोजना कुन मोडलमा बनाउने हो त्यसमा पर्याप्त छलफल गर्न आवश्यक रहेको उहाँको भनाई थियो । नेपालकै सबै भन्दा ठूलो र सुन्दर आयोजना भएकाले सबै राजनीतिक दलको सहमतिबाट अपर अरुण आयोजना अगाडि बढाईने उहाँको तर्क थियो । उहाँले सबै राजनीतिक दल, टेक्नीकल, नीतिगत, बौद्धिक जगत, स्थानीय पालिका, पत्रकारजगत सबैको साझा धारणा बनाएर अगाडी बढ्नु पर्ने खाँचो औल्याउनुभयो । सबै क्षेत्रको कमन बैठक र प्रतिबद्धतासहित राज्यलाई दबाव दिनु पर्नेमा गौतमको जोड थियो ।

छलफल र बहसलाई निरन्तरता दिन आवश्यक भएको भन्दै आयोजनास्थलका जनतालाई सुसूचित गर्न पत्रकार जगतको भूमिका अपरिहार्य रहेको बताउनुभयो । यस अभियानका लागि सिंगो जिल्लालाई एकीकृत गर्ने नेतृत्व आवश्यक छ, त्यो साझा रुपमा खोजौ गौतमले भन्नुभयो । उहाँले यो आयोजनालाई प्रदेश एकको गौरवको आयोजनाको रुपमा पनि अगाडी बढाउन सकीने बताउनुभयो । आफ्नो ढाँटेर र अल्मल्याएर काम गर्ने बानी नभएको भन्दै यसलाई एकमतकासाथ अगाडी बढाउन आग्रह गर्नुभयो । १७ प्रतिशत शेयर जनतामा पुग्नु निकै ठूलो कुरा भएकाले यो आयोजनालाई जनताकै लगानीमा बनाउनुको बिकल्प नदेखेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा प्राध्यापक रमेश ढुंगेललगायतका बुद्धिजीवीहरुले अपर अरुण आयोजना जनताकै लगानीमा बन्ने कुरामा दुईमत नभएको भन्दै प्रतिबद्धताको खाचो औल्याउनुभयो । आयोजना स्थलका जनताको हक, अधिकार र प्राप्त गर्ने सुविधाका बारेमा बिचार गर्नु पर्ने उहाँहरुको भनाई थियो

सम्बन्धित समाचार