तारामान गुरुङले नुम पुगेर भने—‘काँग्रेस मिले मकालुमा जित सुनिश्चित छ’



संखुवासभा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वराज्यमन्त्री तारामान गुरुङले काँग्रेस मिले मकालु गाउँपालिकामा जित सुनिश्चित रहेको बताएका छन् ।

आइतबार नेपाली काँग्रेस मकालु गाउँपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गुरुङले काँग्रेसी एक भए मकालु गाउँपालिकामा काँग्रेसले सजिलै जित्ने बताए ।

उनले विगतमा पनि प्रतिपक्षीले होइन, काँग्रेसले काँग्रेसलाई हराएको टिप्पणी गरे । ‘विगतमा मेरो पनि गल्ती भयो होला, त्यो म स्वीकार्छु तर मैले मात्रै गल्ती गरेको छैन । अरु जजसले गल्ती गरेका छन् । उनीहरुले समेत गल्ती स्वीकार्नुपर्छ । तब मात्रै काँग्रेस सुध्रिन्छ, यदि काँग्रेस नसुध्रिने हो भने विगतमा जस्तै अब पनि पाँच बर्ष फेरी पनि सत्ता बाहिर बस्नुपर्छ । अहिले हामीले चेत खाएका छौं, एमालेले मनपरि स्थानीय तह संचालन गरिरहँदा पनि टुलुटुलु हेरेर बस्नु सिवाय अर्को विकल्प छैन् ।’—केन्द्रिय सदस्य गुरुङले थपे—‘अर्काको विरोधमा मात्रै होइन, एकजुट भएर आमनागरिकहरुको घरघर जानुहोस् । जसरी पनि काँग्रेस जिताउन लाग्नोस ।’

केन्द्रिय सदस्य गुरुङलाई पार्टीले केन्द्रिय प्रतिनिधीको रुपमा ताप्लेजुङ खटाएको छ । गुरुङ आफ्नो पालिकामा कार्यक्रम भएकाले मात्रै सम्बोधन गर्न मकालु गाउँपालिका आएको उनको भनाइ छ ।

उक्त कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनको लागि सरकार पुर्ण तयारीमा जुटेको र निर्वाचन आयोगले समेत कार्यतालिका सार्वजनिक गरिसकेकाले गाउँ तह सम्म कार्यकर्ताहरु तयारीमा जुटन केन्द्रिय सदस्य गुरुङले निर्देशन दिए ।

उनले कम्प्युनिष्टले देश हाँक्न सक्दैन् भन्ने उदाहरण अहिले हामीले देखिसकेका छौ, काँग्रेस पाँच बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेड जनताले दिएपनि कम्प्युनिष्टले सत्ता बुझाएका कारणले अहिले हामी सरकार चलाउन बाध्य भएको बताए । ‘काँग्रेस निर्वाचन पनि गराउँछ र पुनः सरकार पनि हामीले चलाउने गरि बहुमत ल्याउछौ । त्यसमा कुनै द्धिविधा छैन, त्यसैले सबै एकभएर लाग्नोस जुटनुहोस तब मात्रै हामीले जित्छौ ।’—गुरुङले भने–‘काँग्रेसमा अहिले कुनै गुट उपगुट छैन्, हामी काँग्रेस मात्र छौ एमसिसीको पक्षमा सम्पुर्ण नेताहरु एकठाउँमा उभिएर पनि एकताको सन्देश दिईसकेका छन् ।’

एमसिसीको पक्षमा भ्रम छरेका कारण मानिसहरुले नबुझेको केन्द्रिय सदस्य गुरुङको भनाइ छ । गुरुङले एमसिसी एउटा अमेरिकन परियोजना भएको बताउदै यसलाई खर्च गर्ने आधार सम्पुर्ण नेपाल सकारमा नै सिमित रहेको स्पष्ट पारे । एमसिसीले आमनागरिकहरुको जीवनस्तरमा परिवर्तन ल्याउने दावी गरे ।

केन्द्रिय सदस्य गुरुङले स्थानीय तहको निर्वाचन काँग्रेस आफ्नो बलबुताले एक्ले लड्ने समेत बताए । उनले हामीलाई कसैको साहारा चाहिदैन, काँग्रेस एक्लै बलियो भएको बताए । काँग्रेसले आमनागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी अभियान संचालन गरिएको समेत गुरुङको भनाइ थियो ।

उक्त प्रशिक्षण भेलामा जिल्लाबाट चन्द्र घोण्डे गुरुङ र सुबास कालाखेतीलाई प्रतिनिधी खटाएको छ । मकालु गाउँपालिका स्तरीय समितिका सभापति ओङदी शेर्पाको अध्यक्षतामा कार्यक्रम संचालन भएको हो । कार्यक्रममा राईमान राई, बालकुमार राई, काजीमान गुरुङ, देउमान राई, हरि राई र विमन पराजुली लगायतका काँग्रेसका नेताहरु र आम कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार