सङ्खुवासभामा पहिलो पटक आधारभुत महिला पत्रकारिता तालिम सुरु



सङ्खुवासभाको खाँदबारीमा आइतबारबाट आधाभुत महिता पत्रकारिता तालिम सुरु भएको छ । अरुण सन्देश सञ्चार गृहको आयोजनामा सुरुभएको तालिममा जिल्लाका १० स्थानीय तहहरुका महिला प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

१ नं. प्रदेश सामाजिक विकास समितिका सभापति सरिता खड्काको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रम अनिष विष्टको अध्यक्षमा सम्पन्न भएको हो । तालिम उद्घाटन गर्दै सभापति खड्काले भनिन्–‘महिला पत्रकारहरुको कमी भएको बेला यो तालिम फलदायी बन्ने छ ।’ अन्य क्षेत्रमा महिला समावेशिताका लागि राज्यले कोटाको व्यवस्था गरेर महिला सहभागिता बढाएको भएपनि पत्रकारिता क्षेत्रमा महिलाको प्रतिनिधित्व न्युन रहेको उनको भनाई छ । पत्रकारिता क्षेत्रमा पनि महिलाको समान प्रतिनिधित्व गराउन तालिमले सहयोग पु¥याउने उनले बताईन् । तालिम सञ्चालनका लागि प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत प्रदेश सभा सदस्य समेत रहेकि खड्काबाट बजेट विनियोजन गरिएको हो । तालिममा युवा समुहको सहभागिता रहेकाले यसले युवा स्वरोजगारमा समेत टेवा पु¥याउने प्रमुख अतिथि खड्काले बताइन् । स्थानीय तह सम्मका महिला प्रतिनिधीहरु तालिममा सहभागि भएकाले स्थानीय स्तरका हरेक विषय वस्तुहरु समाचार बाउन सक्ने जनशक्ति उत्पादन हुने उनको अपेक्षा रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदमकुमारी गुरुङले यस्ता तालिमहरुले महिलाहरु आत्मनिर्भर हुने विश्वास व्यक्त गरिन् । घरव्यहारमा नै व्यस्त रहनु पर्ने मानसिकताबाट महिलाहरुलाई बाहिर ल्याउन यस तालिमले सहयोग पु¥याउने उनले बताइन् । शुभकामना मन्तव्यकै क्रममा नेपाल पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष इन्द्र गिरीले पत्रकारहरुको हकहितमा महासंघ सदैव लागि पर्ने बताए । जिल्लामा महिला पत्रकारको संख्या न्युन रहेको अवस्थामा यो तालिमले महिला पत्रकार उत्पादनमा महत्वपुर्ण योगदान पुर्याउने धारण व्यक्त गरे । महिला पत्रकारको संख्या वृद्धि गर्न तालिमको आयोजना गरेको कार्यक्रमका अध्यक्ष अनिष विष्टले बताए । पत्रकारि क्षेत्रमा पनि समान महिला गराउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको भनाई छ । स्थानीय तह सम्म पत्रकार उत्पादन गर्ने तालिमको उदेश्य रहेको विष्टले बताए ।

तालिम उद्घाटन कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ सङ्खुवासभा अध्यक्ष लक्ष्मी चापागाई, प्रगतिशिल लेखक संघ १ नं। प्रदेश सचिव राजेन्द्र सर्वाहारा, खाँदबारी नगरपालिका कार्यालयका प्रतिनिधी डमरु निरौला, स्वतन्त्र तथा अग्रज पत्रकार जीवनाथ खनाल, जिल्लाका पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । आइतबार बाट सुरु भएको पाँच दिने तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको छ । रत्न राज्य लक्ष्मी क्याम्पस काठमाण्डौंका पत्रकारिता विभाग प्रमुख तथा पत्रकार श्रीराम पौडेल, स्वतन्त्र पत्रकार जीवनाथ खनाल, जिल्लाका पत्रकारहरुले तालिमको सहजिकरण गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार