जिल्लाको एकमात्रै संखुवासभा अस्पतालमा फिजियोथेरापी सेवा शुरु भएको छ । सोमबार एक कार्यक्रम बिच जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष सुमन शाक्यले फिजियोथेरापी सेवाको उद्घाटन गरे ।
उनले संखुवासभा अस्पताललाई पूर्वी पहाडी जिल्लाको नै नमुना अस्पतालमा बनाउन लागि परेको बताए । ‘हिजो भन्दा आज अस्पतालमा हरेक हिसाबले सुधार भएको छ, आज बसन्तपुर छेउ मुडेशनिश्चरेका मानिसहरु धरान विराटनगर जान छोडेर उपचार गर्न खाँदबारी आउन थालेका छन् । भोजपुरका आधा भाग यहि अस्पतालले धानेको छ ।’—अध्यक्ष शाक्यले भने—‘अझै यस अस्पतालमा सिटीस्क्यान उपकरण जडान गर्ने तयारीमा जुटेका छौ । संखुवासभामा आइसियु, बालरोग, हडडीको बिशेषज्ञ लगायत थुप्रै सेवाहरु संचालनमा छ भन्दा जिल्ला बाहिरका धरान बिराटनगर र काठमाडौमा मानिसहरुले पत्ताउदैनन् ।’
संखुवासभा अस्पतालमा ५० बेडको अस्पताल निर्माणधीन अवस्थामा रहेको छ । त्यसैले पर्याप्त ठाउँ अभाव कारण घर भाडामा लिएर फिजियोथेरापी सेवा बिस्तार गरिएको हो । भर्खरै मात्रै अस्पतालले खुला प्रतिस्पर्धाबाट विज्ञापन गरेर फिजियोथेरापिष्ट सन्देश श्रेष्ठलाई नियुक्ति दिएको छ । फिजियोथेरापी सेवा बिस्तारका लागि सम्पुर्ण तयारी पुरा भएको समेत अस्पतालले जनाएको छ ।
पछिल्लो समय संखुवासभा अस्पतालले महिलाको पाठेघरको मुखमा क्यान्सर (भिआइए) सेवा बिस्तार गरेको छ । त्योसँगै थुप्रै सेवाहरु बिस्तार भएको छ । पछिल्लो समय अस्पताल बिरामीहरुको चाप बाक्लो हुने गरेको छ ।
प्रतिक्रिया