सतिघाटको फेरि बिग्रीएपछि यात्रु तथा सवारीको बिचल्ली



सङ्खुवासभा र भोजपुरको सिमा भएर बग्ने अरुण नदिमा निर्माण गरिएको फेरिमा आकस्मिक समस्या आएको छ । भोजपू्रको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिकालाइ यातयातको माध्यमबाट संखुवासभा हुँदै तराइ सम्म जोड्ने एकमात्र विकल्पको रुपमा रहेको फेरी आज दिँउसो १ बजे सम्म सञ्चालन भइरहेको थियो तर अचानक फेरीको मोटरमा समस्या आएपछि आवतजावत ठप्प भएको छ ।

फेरीमा समस्या भएपछि धेरै यात्रुवाहक र मालवाहक सवारी साधनहरु गन्तव्यमा पुग्न नपाइ रोकिन बाध्य भएका छन् । फेरीमा आएको समस्याले उपचारका लागि हिँडेका बिरामी तथा धेरै टाढा सम्म पुग्नु पर्ने यात्रुहरुलाइ सकस भएको छ। यस क्षेत्रको जनताहरुले मोटरेबल पुलको अभावमा लामो समय अगाडि देखि यस्तै समस्याहरु झेल्दै आएका छन् । पुल निर्माण नहुदा सम्मको लागि आवतजावतलाइ सहज बनाउने उदेश्यले यस क्षेत्रका जनप्रतिनिधि तथा नागरिक समाजको बिशेष पहलमा फेरी राखिएको थियो तर निर्माण भएको ३ वर्ष पनि नबित्दै फेरी बिग्रीएको हो ।

सम्बन्धित समाचार