अरुण तेस्रो पिडीतद्धारा मुआब्जा माग गदै छयाङकुटी–पुखुवा सडक बन्द



संखुवासभा । जिल्लामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजनाका पिडीतहरुले मुआब्जा माग गदै छयाङकुटी–पुखुवा सडकखण्ड बन्द गरेका छन् ।

मंगलबार देखि अरुण तेस्रो पिडीतहरुले जलविद्युत्त आयोजनाको पावारहाउस पुखुवा जाने उत्तरकोशी ल्हासा राजमार्गको खाँदबारी–४ स्थित छयाङकुटी डाँडा देखि पावारहाउस गृह पुखुवा जाने सडकखण्ड बन्द गरेका हुन् । स्थानीयहरुले ‘राष्ट्रिय गौरवको आयोजनाले सुकुम्बासी बनाइउन पाइदैन, सरकार काँहा छौ, हामी पाल मुनी छौ’ लगायतका नारा लेखेर मुख्य सडक नै बन्द गरेका छन् ।

छयाङकुटी–दिदिङ सडकखण्डमा चार सय घरधुरीको ५२४ रोपनी घरजग्गा, टहरा लगायतको आजको मिति सम्म मुआब्जा तथा क्षतिपुर्ति नपाएको भन्र्दै आन्दोलनमा उत्रिनु बाध्य भएको अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पिडीत समितिका संयोजक जनीकुमार राईले बताए । उनले २०६६ सालमा स्थानीयको बिना जानकारी २०४४र४५ सालमा लगत कट्टा गरिएको १५ मिटर भन्दा बढि जग्गा लगत कट्टा गरिएकाले सो जग्गाको मुआब्जा पाउनुपर्ने बताए ।

स्थानीय पिडीतहरुको उपस्थितीमा पावारहाउस गृह जाने छयाङकुटी डाँडामा नै सडक बन्द गरिएको हो । निर्माण सुरु भएको यतिका वर्ष बितिसक्दा समेत आयोजनाले मुआब्जा नदिनु हेलचेक्राई भएको पिडीतहरुको भनाइ छ ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थलको काम भइरहेको छ भने चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा पावारहाउस निर्माण भईरहेको छ । सन् २०२३ भित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बताइएको छ ।

सम्बन्धित समाचार