संखुवासभा । नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले निर्माण सामग्रीको मुल्य अत्यधिक बढेकाले समायोजन गर्न माग गदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई निर्माण ब्याबसायीहरुले काम गर्न नै नसक्ने गरि मुल्य बृद्धि भएकाले नियन्त्रण गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । नेपाल निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठ र महासचिव मिगुर शेर्पाले संयुक्त रुपमा प्रजिअलाई ज्ञापनपत्र बुझाउन हस्तान्तरण गरेका थिए ।
निर्माण सामग्रीको मुल्य अत्यधिक महङगो हुँदा काम गर्न नै नसक्ने परिस्थिती बनेको महासचिव शेर्पाले बताए । उनले सरकारले तत्कालै मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग गरे ।
निर्माण व्यवसायी महासंघले देशभर ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो । सोही केन्द्रको सर्कुलर अनुसार नै प्रजिअलाई ज्ञापनपत्र बुझाइएको महासचिव शेर्पाको भनाइ छ ।
सार्वजनिक खरिद ऐनको नियमावली संशोधन गर्नुपर्ने ब्याबसायीहरुले माग गरेका छन् । सरकारले सार्वजनिक खरिद नियमावलीमा ११ औँ संशोधन गरेपनि यो त्रुटिपूर्ण रहेको र यसलाई सच्याउनुपर्ने माग राख्दै देशभरको जिल्ला प्रशासन कार्यालयमा महासंघले ज्ञापनपत्र बुझाएको हो ।
यसैगरी निर्माण सामग्रीको मूल्यवृद्धि हुने र सरकारले तत्काल मुल्यबृद्धि नियन्त्रण गर्न नसके निर्माण ब्याबसायीहरुले कामै गर्न नसक्ने ब्याबसायीहरुको गुनासो छ । यदि निर्माण ब्याबसायीहरुले काम गर्न नसके धेरै मजदुरहरुको बिचल्ली हुने हुनका साथै धेरै कामहरु समेत लथालिङ्ग हुने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया