खाँदबारी : विपन्न महिलालाई अनुदानमा बाख्रा र बंगुरका पाठा वितरण



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ ले विपन्न महिलालाई अनुदानमा बाख्रा र बंगुरका पाठा वितरण गरेको छ ।

खाँदबारीको – ३ वडाले विपन्न महिला आयआर्जन कार्यक्रमबाट २७ घर विपन्न परिवारलाई अनुदानमा बाख्रा र बंगुर का पाठा वितरण गरेको खाँदबारी नगरपालिका – ३ का वडाध्यक्ष भरतकुमार घिमिरेले जानकारी दिए ।

विपन्न महिलाको आयआर्जनमा थप सहयोग पुगोस् भन्ने उद्देयले अनुदानमा बाख्रा र बंगुरका पाठा वितरण गरिएको नगरप्रमुख मुरारी प्रसाद खतिवडाले बताए । नगरप्रमुख खतिवडाले भने विपन्न आमा दिदीबहिनीका लागि आयआर्जन दैनिक जिवनयापन गर्न सहज बनाउन अनुदानमा बाख्रा र बंगुर वितरण गरिएको बताए ।

घरैमा बसेर थोरै भएपनि आम्दानी गर्न सकिने भएका कारण विपन्न महिलालाई अनुदानमा बाख्रा र बंगुर वितरण गरिको नगर उपप्रमुख डेगेश्वरी श्रेष्ठले बताइन् । सानो कुरा बाट धेरै लाभ लिन सक्ने भएका कारण पनि विपन्न महिला आयआर्जन कार्यक्रम फलदायी हुने उपप्रमुख श्रेष्ठको भनाइ छ ।

बिहान बेलुकी छाक टार्न समस्या भएका वडाबासीहरुलाई अनुदान बाख्रा र बंगुरका पाठा अनुदानले थोरै भएपनि सहयोग पुग्ने वडाध्यक्ष घिमिरेले बताए । वडाको १ लाख रुपैयाँ बजेटबाट १४ जना विपन्न परिवारलाई बंगुर र १३ जनालाई बाख्राका पाठा वितरण गरिएको वडाध्यक्ष घिमिरेले बताए ।

त्यस्तै वडाकै बजेट बाट १० जना विपन्न एकल महिलालाई पाठा सहितको बाख्रा वितरण गरिएको वडाध्यक्ष घिमिरले बताए । यस बाट स्थानीयको आर्य आर्जन वृद्धि आत्मनिर्भर हुने अपेक्षा गरिएको उनले बताए ।

सम्बन्धित समाचार