संखुवासभा प्रतिभा पुरस्कारबाट चार जना सम्मानित



संखुवासभा । संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानद्धारा संखुवासभा जिल्लामा रहि विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीन जना ब्यक्ति र एक संस्था गरि चार जनालाई सम्मान गरिएको छ ।

मंगलबार संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानले खाँदबारीमा कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । सम्मानित हुनेमा सामाजिक क्षेत्रमा अग्रणी ब्यक्तित्व खाँदबारी–१ श्यामसुन्दर उदास, चैनपुर नगरपालिका लामो समयदेखि चैनपुर करुवा उत्पादन गर्ने कनकमान शाक्य र मिनिरल वाटर संचालन गर्ने खाँदबारी–३ का बीरबहादुर गुरुङलाई सम्मान गरिएको थियो भने संस्थागत रुपमा सिलिचोङ समाज विकास केन्द्रलाई नगद १५र१५ हजार, सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानित उदास नेपाल नेत्र ज्योति संघ प्रदेश नम्बर १ को अध्यक्ष, खाँदबारीमा बैंक स्थापनाकर्ता, उद्योग वाणिज्य संघ संस्थापक हुन् । शाक्यले चैनपुरमा हातद्धारा चैनपुरे करुवा उत्पादन गरिरहेका छन् भने गुरुङ शुद्ध हिमाली पानी उत्पादन ब्याबसाय गर्दै आएका छन् । भने सिलिचोङ क्लबले ग्रामीण क्षेत्र सिलिचोङमा लामो समयदेखि सामाजिक चेतना छर्ने काम गरिरहेको भन्ने मुल्याङकनको आधारमा छनौट गरिएको संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष तथा बरुण बहुमुखी क्याम्पस प्रमुख टिकाराम गुरुङले बताए ।

उनको अनुसार, उनीहरुको योगदानको उच्च मुल्याङकन गर्दै आर्थिक बर्ष २०७७ र ७८को एकैपटक चार जनालाई सम्मान गरिएको हो । गएको बर्ष कोरोना संत्रासका कारण पुरस्कार वितरण गर्न नसकिएकाले अहिले एकैपटक गरिएको हो । प्रतिष्ठानले निकै बर्षअगाडि देखि विभिन्न क्षेत्रमा उच्च योगदान गर्ने दुई जनालाई बर्सेनि पुरस्कृति गर्दै आएको छ । सोही कार्यक्रममा प्रतिष्ठानद्धारा खाँदबारी–४ स्थित गैरीपांमा मंगलादेवि आवि र मादी स्थित विद्यालयलाई छात्रबृत्ति समेत हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा सञ्चार क्षेत्रमा सहकार्य गर्ने संखुवासभाका कृयाशिल १० जना पत्रकारहरुलाई समेत कदरपत्रद्धारा सम्मानित गरिएको थियो । संखुवासभा एक्सप्रेसरनयाँ पत्रिका नवीन गुरुङ, कान्तिपुरका दीपेन्द्र शाक्य, इमेज टेलिभिजन इन्द्र गिरी, खाँदबारी एफ।एम। कृष्णराज शाक्य, नागरिक चासो डटकम खेवाहाङ मेवाहाङ, रासस भविन कार्की, गोरखापत्र ध्यान कुलुङ, अन्नपुर्ण पोष्ट अनिश बिष्ट, मकालु अनलाइन मेघराज तामाङ र पाख्रीबास एफ।एम। दृश्यदिब्य राईलाई कदरपत्रद्धारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका संरक्षक तथा हङकङ प्रतिनिधी साहित्यकार दाजु गुरुङले संखुवासभा कार्यसमितिलाई समेत उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मायाँको चिनो उपहार प्रदान गरेका थिए ।

सम्बन्धित समाचार