संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ मदामसिंहमा युनाईटेड वल्र्ड स्कुल्स (युडब्लुएस)को विद्यालय भवन उद्घाटन भएको छ ।
बिहिबार एक कार्यक्रम बिच युनाईटेड वल्र्ड स्कुल्सका कार्यकारी निर्देशक (सिइओ) दिब्या ओङकर र मुख्य लगानीकर्ता ट्रपिक टिनक्यर कम्पनीका कार्यकारी निर्देशक ९सिइओ० सुजन्माले संयुक्त रुपमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् ।
उक्त विद्यालय भवनको उद्घाटन कार्यक्रममा प्रदेश नम्बर १ का साँसद पदमकुमारी गुरुङ, मादी नगरपालिका मेयर विदुर लिङथेप, युडब्लुएस नेपालका निर्देशक सुर्य कार्की, मादी १ का वडाध्यक्ष खेमनाथ कटुवाल लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य लगानीकर्ता ट्रपिक टिनक्यर कम्पनीका कार्यकारी निर्देशक (सिइओ) सुजन्माले पढाईले मानिसलाई प्रगति पथमा अगाडि बढाउने बताईन् ।
उनले अहिलेका बालबालिकाहरु भविष्यका कर्णधार भएकाले जस्तोसुकै अवस्थामा पनि पढाईलाई निरन्तरता दिन आग्रह गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । उनले कार्यक्रममा आफनो बाल्यकाल स्मरण गर्दै भनिन, म पनि १५ बर्षको उमेर देखि पढाई र कम्पनी संचालन गर्दै आए । आमाले नै मलाई हुर्काउनभयो र अहिले ३३ बर्षको उमेरमा करिब ५ सय जना कामदार राखेर कम्पनी संचालन गरिरहेको छु । कोही पनि बालबालिकाहरु पढाईबाट बञ्चित नहोस भनेर विभिन्न देशका बालबालिकाहको पढाईमा सहयोग गर्दै आएको छ ।
त्यसैबखतमा नेपालमा लगानी गरेको र स्थलगत रुपमा समेत हेर्न आएको हुँ ।
त्यसैगरि युनाईटेड वल्र्ड स्कुल्सका कार्यकारी निर्देशक दिब्याले भनिन्, सुजन्मा जस्ता सहयोगी दाता भए शिक्षा र बालबालिकाको क्षेत्रमा काम गर्न अझ सहजता हुने र हौसला समेत मिल्ने बताइन् ।
त्यसैगरि कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश १ की साँसद पदमकुमारी गुरुङले भनिन्, शिक्षाका क्षेत्रमा प्रदेश सरकार र आफ्नो तर्फबाट आर्थिक भाौतिक लगायत जस्तुसुकै सहयोग गर्न तयार भएको बताइन् । विद्यालयका लागि आवश्यक पर्ने सहयोगका लागि आफु प्रतिवद्ध रहेको उनको भनाइ छ ।
त्यस्तै मादी नगरपालिका मेयर विदुर लिङ्थेपले युडब्लुएस नेपाल जस्ता सहयोगी दाताहरुले भविष्यका कर्णधार उत्पादन हुने विद्यालयमा लगानी गरि राम्रा काम गरिरहेकाले मादी नगरपालिकाले सम्मान र सहकार्यलाई निरन्तरता दिने बताए । उनले विद्यालय र शिक्षा क्षेत्रका लागि युनाईटेड वल्र्ड स्कुल्ससँग सहकार्य गर्न मादी नगरपालिका सद्धैव तयार रहेको मेयर लिङथेपले बताए ।
मदामसिंहमा रहेको सिंहेश्वरी आधारभुत विद्यालयलाई स्थानीय सरकारसँगको साझेदारीमा युनाईटेड वल्र्ड स्कुल्सले लगानी गरेको हो । युडब्लुएसले उक्त स्कुल्समा भौतिक पुर्वाधारको विकाससँगै ११ कोठे नयाँ भवन र शौचालय निर्माण गरिदिएको छ । युडब्लुएसको ४४ लाख रुपैया र त्यसको ३० प्रतिशत स्थानीय जनश्रमदान रहेको छ । उक्त विद्यालयमा युडब्लुएसले शिक्षक समेत ब्यबस्थापन गरिदिएको छ ।
युनाईटेड वल्र्ड स्कुल्सले संखुवासभा, गुल्मी र ताप्लेजुङ जिल्लाको ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा काम गरिरहेको छ । युनाईटेड वल्ड स्कुल्स नेपालले हालसम्म संखुवासभा, गुल्मी र ताप्लेजुङ मा गरी ६० वटा सामुदायिक विद्यालयहरुको निर्माण गरिसकेको युनाईटेड वल्र्ड स्कुल्स ९युडब्लुएस०का नेपाल निर्देशक सुर्य कार्कीले बताए । उनले एउटा विद्यालयमा पाँच बर्ष लगातार लगानी गर्ने र दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने बताए ।
बालबालिकाहरुलाई सानै उमेर राम्रो शिक्षा दिन सके मात्रै भविष्य राम्रो मानिस बन्न सक्ने कार्कीको भनाइ छ ।युनाईटेड वल्र्ड स्कुल्स ९युडब्लुएस०ले एउटा विद्यालयमा पाँच बर्ष सहयोग गर्ने गर्दछ । भौतिक पुर्वाधार विकास, शिक्षक ब्यबस्थापन, शैक्षिक सामग्री पोशाक, झोला, पुस्तक कापीकलम र शिक्षकहरुलाई आवश्यक तालिम समेत उपलब्ध गराउदै आएको छ ।
प्रतिक्रिया