खाँदबारीमा केक काटेर सहकारी उद्घाटन



खाँदबारी । समृद्ध बहुउद्देश्यीय सहकारी संस्थाको औपचारिक उद्घाटन खाँदबारीमा भएको छ । खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले केक काटेर सोमबार उद्घाटन गरेका हुन् ।

तुम्लिङटार प्रधान कार्यालयरहेको सहकारीको खाँदबारी पोखरी बजारमा शाखा कार्यालय मार्फत उद्घाटन गरेका हुन् । दश कार्यक्रमहरु तय गर्दै युवाहरुले सहकारीको स्थापना गरेका हुन् । युवा स्वरोजगर, जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान, क्षमता विकास, कृषक प्रोत्साहन, आधुनिक कृषि शिक्षा प्रशिक्षण कार्यक्रमहरु तय गरेका छन् । आधुनिक पशुपालन, स्वास्थ्य, सीपमुलक तालिम र नागरिक सचेतनालाई विशेष प्राथमिकता दिँदै सहकारीको स्थापना गरेका छन् । आर्थिक बचतलाई विशेष प्राथमिकता दिएर कार्यक्रम स्थापना गरिएको अध्यक्ष विजय कालधनले जानकारी दिए । छ वटा बचत योजना सहित स्थापना भएको सहकारीले समृद्ध नियमित बचत, समृद्ध बाल बचत, समृद्ध जेष्ठ नागरिक बचत, समृद्ध महिला बचत, आवधिक बचत र समृद्ध दैनिक बचत ल्याएका छन् । पोखरी बजारमा कार्यालय समेत स्थापना गरिएको छ ।

उद्घाटन कार्यक्रममा खाँदबारी नगरपालिकाका उपमेयर डेगेश्वरी श्रेष्ठ, नगर क्षेत्रका बैंकका प्रमुख, सहकारी अभियानता तथा विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार