दीपेन्द्रले पूरा गरे टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन



काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी २० श्रृंखलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् । उनले १३औं ओभरमा २१ रन जोडेका थिए ।

उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै एक हजार रन जोडेका हुन् । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्धशतक समेत प्रहार गरेका छन् ।

उनले यही श्रृंखलाबाटै पूर्वकप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक टी २० अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडेका थिए । पारसलले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक प्रहार गर्दै ७९९ रन बनाएका थिए ।

सम्बन्धित समाचार