काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरि ३३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ५९ जनामा गरिएको परीक्षणमा ३३ जना संक्रमित भेटिएका हुन्।
आज ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। हाल देशभरि ८ सय ४२ जना सक्रिय संक्रमित छन्।
हाल देशभरिका १८ वटा जिल्लामा कोरोना संक्रमित शून्य रहेका छन्। जसमा इलाम, भोजपुर, सोलुखुम्बु, चितवन, दोलखा, नुवाकोट, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुपन्देही, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, सल्यान, मुगु र बाजुरा रहेका छन्।


प्रतिक्रिया