‘पूर्ण खोप, सुरक्षित भबिष्य’ भन्ने नारा सहित सङ्खुवासभामा टाइफाइड खोप अभियान सुरु गरिने भएको छ । चैत्र २७ देखि ०७९ बैशाख ३ गतेसम्म अभियान संञ्चालन गरिने स्थास्थ्य कार्यालय सङ्खुवासभाले जानकारी दिएको छ । देशभर रहेका १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई अनिवार्य रुपमा टाइफाइड विरुद्धको खोप लगाउँने तयारीसँगै अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रमुख रमेश बाह्रकोटीले जानकारी गराएका छन् ।
जिल्लाका सबै विद्यालयमा पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिने बताउदै स्वास्थ्य प्रमुख बाह्रकोटीले बालबालिकाहरुले खोप लगाउँन विद्यालय नछोडुन् भनेर यस्तो निर्णय गरिएको जानकारी गराए । कारणबस बिद्यालयमा खोप लगाउँन छुटेको भए बैशाख ३ गतेसम्म स्वास्थ्य संस्थामा गएर लगाउन सकिने बताएका छन् । ‘यो खोप निकै महत्वपुर्ण छ । अब फेरी अर्को पटक आउँदैन, एक पटक मात्रै खोप लगाउने हो । त्यसैले कोही नछुटन भन्ने हाम्रो आग्रह छ ।’ बाह्रकोटीले भने, ‘आफ्ना बालबालिकाहरुलाई १५ महिनासम्म नियमित खोप लगाउन आग्रह गरिएको छ । १५ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाका लागि टाइफाइड विरुद्धको खोप पहिलो पटक लगाइने भएकाले कोही नछुटुन् भन्ने आग्रह गरिएको छ ।’
सङ्खुवासभाको १० वटा स्थानीय तहका ७६ वटा वडामा ४९ हजार ८ सय जना १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रवत्तmा रोषण श्रेष्ठले बताए । उनले मन्त्रालयबाट सबै सामाग्रीहरु प्राप्त भईसकेको बताउँदै वडास्तरसम्म स्वास्थ्यकर्मी र स्वयंम सेवकहरुलाई अभिमुखीकरण तालिम दिएर पठाइसकेको बताए ।
प्रतिक्रिया