संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको वरुण क्याम्पसका विद्यार्थीले बलात्कारविरुद्ध जुलुस निकालेका छन् । बुधबार क्याम्पसबाट निकालिएको जुलुसमा करिब ३ सय विद्यार्थी सहभागी थिए ।
दिनदिनै बलात्कारका घटना बढिरहेको भन्दै त्यसको न्यूनीकरणका लागि वरुण क्याम्पसका विद्यार्थीले बलात्कारविरुद्धको अभियान चलाएका हुन् । नेपाल विद्यार्थी संघ वरुण क्याम्पसको अगुवाइमा जुलुस निकालिएको जुलुसमा विद्यार्थीहरूले बलात्कारीलाई फाँसी दे, बलात्कार र यौन हिंसा रोकौँ लगायत नारा लगाएका थिए ।
बलात्कार र महिला हिंसाबाट पीडितले न्याय नपाएको भन्दै विद्यार्थीहरू अभियानमा उत्रिएका हुन् । संघका सभापति चिरञ्जीवी श्रेष्ठका अनुसार विद्यार्थीले जुलुसपछि १५ मिनेट प्ले कार्डसहित मौन प्रर्दशन गरेका थिए ।
प्रतिक्रिया