सङ्खुवासभाका महिलाहरूले स्थानीय तहको निर्वाचनमा महिलाहरुको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चितता हुनु पर्ने माग राखेका छन् । खाँदबारीमा अन्तरपाटी महिला सञ्जालले शनिबार आयोजना गरेको स्थानीय तहको निर्वाचनमा महिलाको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चितता बिषयक अन्तरिक्रयामा उनीहरूले स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले तालमेल गरेर उम्मेदवारी दिने भएपछि महिलाको प्रतिनिधित्व घट्न सक्ने देखिएको बताए । निर्वाचन आयोगले दलहरूले चुनावी तालमेल गरेर उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व विगतभन्दा कमजोर हुनसक्ने उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दललाई महिलाको उम्मेदवारी मनोनयनलाई प्राथमिकता दिन उनीहरूले ध्यानाकर्षण गराएको हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने सहमति गरिसकेका छन् । नेकपा ९एमाले०सहित दलहरूले पनि चुनावी तालमेलमा जोड दिएका छन् । दलहरूबीच देशभर भागबण्डा गरेर उम्मेदवारी दिने कसरत चलिरहेको छ । आयोगले दलहरूबीच तालमेल हुँदा प्रमुखरउपप्रमुख वा अध्यक्षरउपाध्यक्ष दुवै पदमा पुरुषमात्रै उम्मेदवार बन्ने सक्नेमा चिन्ता व्यक्त गरेको हो । महिला नेतृहरू र सरोकारवाला पनि महिलाको प्रतिनिधित्व घट्न सक्नेमा सशंकित बनेका छन् ।
लक्ष्मी ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, विभिन्न राजनितिक दलका महिला नेतृहरूले निर्वाचनमा महिलाको उल्लख्य सहभागीता गराउनै पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया