संखुवासभामा भूमि आयोगको कार्यालय स्थापना



खाँदबारी । संखुवासभामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा शुक्रवार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालयको उद्घाटन जिल्ला समन्वय समिती प्रमुख सुमन शाक्यले गरेको हुन् ।

आयोगका जिल्ला अध्यक्ष शंखरमान कडेल, आयोगका विज्ञ सदस्य मानसिंह पोख्रेल, सदस्हरुमा कृष्ण जिमी (भरत) र मेनुका भट्टराई रहेका छन् । आयोगका अध्यक्ष कडेलले भने भूमि आयोग सफलताका लागि सरोकारवाला निकाय सबैको आवश्यक हुने बताए । राष्ट्रिय समाचार समिती सँग कुरा गर्दे अध्यक्ष कडेलले भने भूमिहीन सुकुम्वासीको व्यवस्थापनका लागि जतिसक्दो चाडो काम सुरुवात गरिने बताए । अध्यक्ष कडेल यस अघि पनि भूमि आयोगक सदस्यमा रहेका थिए ।

त्यसबेला सुकुम्वासीको समाधानका लागि केही प्रयास गरिएको स्मंरण गराए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख शाक्यले भने आयोगले प्राप्त गरेको अधिकारलाई प्रयोग गरेको भूमिहीन सुकुम्वासीको ब्यवस्थापनमा लाग्ने सुझाव दिए । समय कम छ, भूमिहीन दलित,सुकुमबासीलाई जग्गा उपलब्ध गराउन आयोगकले चाडै काम अघि बढाउन प्रमुख शाक्यले आयोगका पदाधिकारीलाई सुझाव दिए । कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख प्रतिनिधि,सरकार कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार