संखुवासभाको पाँचखपन नगरपालिकाबाट कांग्रेसले ७ जना उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेको नेपाली कांग्रेस पाँचखपन नगर कार्य समितिले आसन्न स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको हो । कांग्रेसले मेयरका लागि पाँच जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो ।
मेयरका लागि विपिन राइ, चित्र प्रसाद श्रेष्ठ, जीवन कुमार राई, टेक बहादुर बुढाथोकी र मुना दाहाल पोख्रेलको नाम सिफारिस गरिएको जनाइएको छ ।
यस्तै उपमेयरका लागि सिता श्रेष्ठ र खड्ग कुमारी श्रेष्ठ रहेका छन् ।
सिता गत निर्वाचनमा उपमेयर पदमा नै थोरै मतान्तरमा पराजित भएकी थिइन् भने मेयरमा विपिन राई विजयी भएका थिए ।
प्रतिक्रिया