नेपाली काङ्ग्रेस सभापति घिमिरेले दिए राजीनामा



संखुवासभा । नेपाली काङ्ग्रेस धर्मदेवी नगरपालिका संखुवासभाका सभापति बद्री घिमिरेले पार्टी सभापतिबाट आज राजीनामा दिएका छ्न । आगामी बैशाख ३० गते हुने निर्वाचनमा उनलाई नगरपालिका सबैवडाले एक नम्बरना राख्दै मेयरको लागि सिफारिस गरेको थियो ।

तर जिल्ला पार्टी सभापति दिपक खड्काले उनलाई मेयरको टिकट दिन नमाने पछि उनले राजनीति गरेको बताईएको छ । स्थानीय जनता बिच लोकप्रिय घिमिरे नेविसंघ संघको राजनीति (२०४४)बाट शुरु गरेका संखुवासभाका इमानदार युवा नेताको रूपमा चिनिन्छ्न ।

आर्थिक अवस्थाका कारण दिपक खडकाले उनलाई मेयरको टिकट दिन नमानेको एक काङ्ग्रेस जिल्ला पदाधिकारीले बताए । घिमिरेको राजीनामाले संखुवासभा काङ्ग्रेसको राजनीतिमा समेत तरङ्ग उत्पन्न भएको छ। उनी सगै हजारौं कार्यकर्ताले पार्टी पङ्तीलाई राजीनामा दिने बताएको एक काङ्ग्रेस नेताले बताए ।

सम्बन्धित समाचार