कार्यकालभरिको राम्रो कामहरु मध्ये सम्पुर्णको स्वास्थ्य बिमा



संखुवासभा धर्मदेबी नगरपालिका वडा न.४ का वडा अध्यक्ष अनिरुद्र सिंह लिंखा (नारायण) ले आफ्नो कार्यकालभरी भएका राम्रा कामहरु मध्ये वडाबासि सम्पुर्णको निशुल्क गरिएको स्वास्थ्य बिमा भएको बताएका छन् ।

आर्थिक बर्ष २०७८-०७९ मा बजेट बिनियोजन गरि वडा भरिका सम्पुर्ण वडाबासिको निशुल्क स्वास्थ्य बिमा वडा सरकारले गरिदिएको वडा अध्यक्ष लिंखाले बताएका छन् ।वडाभरि सम्पूर्णको स्वास्थ्यबिमा गर्ने काम धर्मदेबी नगरपालिका भरि ४ नम्बर वडामा मात्र भएको वडा अध्यक्ष लिंखाको भनाई रहेको छ।

१४ लाख बजेट वडाले बिनियोजन गरिदिएको र वडाभरिका प्रत्येक घर घर गएर बिमा गरिदिएको स्वास्थ्य बिमा दर्ता सहयोगि रुपा कार्किले बताएकी छिन् ।

वडा सरकारले स्वास्थ्य बिमा गरिदिएर निशुल्क स्वास्थ्य सुबिधा लिन पाउँदा स्थानीय सरकारको अनुभुती भएको बताउछन् वडाबासी नारायण भण्डारि ।

वडाबासी गंगामाँया सुवेदीलेपनी बिराट नर्सिङ होम बिराटनगरमा अल्सर उपचार गराएर फर्केकी छिन् आउन जान आफ्नै खर्च भएपनी निशुल्क उपचार भएकोमा वडा सरकार प्रति सन्तुष्ट रहेको बताउछिन् ।

बिमा गर्ने हरेक ५ जनाको परिवारले परिवारका सदस्य ज्यो कोही बिरामी परेपनी एक लाख बराबरको उपचार पाउने ब्यबस्था बिमा बोर्डको रहेको छ।

सम्बन्धित समाचार