एमालेले पाँचखपनका ५ वडामा छान्यो सर्वसम्वत अध्यक्ष उमेद्वार



पाँचखपन । नेकपा एमालेले पाँचखपन नगरपालिकाको ५ वटा वडामा अध्यक्ष उमेद्वारको सर्वसम्वत् पदाधिकारी चयन गरेको छ । पालिकाको वडा नं. १ का अध्यक्ष उमेद्वार युवाहाङ राई चयन भएका छन् । त्यसैगरी वडा नं. २ मा नविन दाहाल, ३ मा तुलाराम राई, ४ मा छविलाल तामाङ र ६ नं. वडामा गोपाल कुमार श्रेष्ठ सर्वसम्वत् अध्यक्ष उमेद्वार चयन भएका हुन् ।

नेकपा एमाले पाँचखपन वडा नं. ५ को अध्यक्ष पदमा २ जनाको उमेद्वारी परेको छ । त्यसैगरी वडा नं. ७ र ९ मा ४\४ जनाको उमेद्वारी परेको छभने वडा नं. ८ मा सबैभन्दा बढी ६ जनाको उमेद्वारी रहेको त्यहाँको जनप्रतिनिधि भीमादेवी राईले जानकारी गराएकी हुन् । वडा नं. ५ को अध्यक्ष उमेद्वारहरुमा हालका वडाध्यक्ष राम बहादुर तामाङ र जुद्ध बहादुर राईको दावी छ । वडा नं. ७ मा राजन खड्का, बेनु कुमार राई, आइतहाङ राई र सुवास तामाङको दावी छ । त्यसैगरी वडा नं. ९ मा निमाठिले शेर्पा, भरत कार्की, टिका भण्डारी र हरी लिम्बूको उमेद्वारी परेको छभने वडा नं. ८ को अध्यक्षमा फौदसिँ न्यौपाने, हरीमोहन न्यौपाने, खड्ग न्यौपाने पेम्बा शेर्पा, रिञ्जी शेर्पा र इन्द्र बोगटीले उमेद्वारी दिएका छन् ।

एमालेबाट पाँचखपनको मेयर र उपमेयरमा ४\४ जनाको उमेद्वारी परेको छ । मेयरमा हिन्दु कुमार राई, दुर्गानिलम श्रेष्ठ, भीमादेवी राई र लेखनाथ श्रेष्ठ रहेका छन्भने उपमेयरमा टीकामाया श्रेष्ठ, अनिता न्यौपाने, सीता तामाङ र चित्रकुमारी श्रेष्ठ रहेका छन् । नगरप्रमुख पदमा उमेद्वारी दिएका हिन्दु कुमार राई पार्टीको प्रदेश कमिटी सदस्य रहेका छन् । नेकपा एमाले सङ्खुवासभाको संगठन विभाग प्रमुख पदको जिम्मेवारी समेत सम्हालिरहेका उनी पाँचखपन नगरपालिकाभित्र रहेको तत्कालीन स्याबुन गाबिस अध्यक्षमा निर्वाचित भएर २०४९ र २०५४ सालमा कार्यभार सम्हालेका नेता हुन् ।

त्यसैगरी दुर्गानिलम श्रेष्ठ हालको पार्टी जिल्ला कमिटी सदस्य तथा नेकपा एमाले पाँचखपन नगर कमिटी सह–इन्चार्ज रहेका छन् । जिल्लाको कला साहित्य तथा सस्कृती बिभाग प्रमुख समेत रहेका श्रेष्ठ तत्कालीन स्याबुन गाउँ कमिटी अध्यक्ष पदमा निर्वाचित भएर २०६३ र २०७० सालमा कार्यभार पुरा गरेका नेता हुन् । उनले २०६८ सालमा नेकपा एमाले ५ न इलाका अध्यक्ष र २०६९ सालमा नेकपा एमाले क्षेत्रीय सचिबालय सदस्य, राष्ट्रिय जनसास्कृतिक महासङ्ग नेपालको केन्द्रीय सदस्य तथा जिल्ला घरेलु महासङ्ग सङ्खुवासभा अध्यक्षमा समेत रही कार्यभार सम्हालेको बताए ।

पाँचखपन नगरपालिकाको मेयर पदमा उमेद्वारी दिएकी भीमादेवी राई हाल पाँचखपन नगरपालिकाको उपमेयर पदमा कार्यरत रहेकी छन् । नेकपा एमाले सङ्खुवासभाको जिल्ला कमिटी सचिबालय सदस्य तथा नेकपा एमाले पाँचखपन नगरपालिका वडा नं. २ को नगर कमिटी इन्चार्ज रहेकी छन् । त्यसैगरी मेयर पदका अर्का उमेद्वार लेखनाथ श्रेष्ठ हाल पाँचखपन नगरपालिकास्थित सिंहदेवी आधारभूत बिद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको परिचय हामीलाई प्राप्त भएको छ ।

सम्बन्धित समाचार