रसुवामा उम्मेदवार छान्न मतदान



रसुवा । रसुवामा उम्मेदवार छान्न मतदान भएको छ । नेकपा (माओवादी केन्द्र) ले जिल्लाको कालीका गाउँपालिकामा उम्मेदवार छान्न मतदान गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको हो।

वैशाख ३० गते हुने पालिकाको चुनावका लागि सहमति हुन नसकेपछि मतदान गरिएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले बताउनुभयो ।

अध्यक्ष पदका आकाङ्क्षीहरुको सहमतिपछि शुक्रवार मतदान भएको थियो । मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गर्नुभएको छ । जम्मा ५२ मत खसेको थियो।

सम्बन्धित समाचार