संघीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियो ः नारायणकाजी



संखुवासभा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले संघीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताए । बुधबार संखुवासभाको मादीमा भएको जनसभालाई संम्बोधन गर्न आएका श्रेष्ठले यस्तो बताएका हुन् ।

पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको गठबन्धन नभएको बताए । उनले भने नेपालमा ६ दशक लामो संघर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछी त्यो प्रतिगमनलाई असफल पार्न र त्यसबेलाको माग बमोजिम पाँचदलीय गठबन्धन गरिएको हो । नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धीलाई रक्षा गर्न गठबन्धन बनेको बताए ।

चुनावीसभाका लागि आएका कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले केपी ओलीको निरंकुशताको विकल्पमा गठबन्धन गरिएको बताए । केपी ओलीले प्रतिनिधी सभालाई दुई पटक भंग गरे । जसलाई अदालतले पुस्थापना गरे । र हामी के निचोडमा पुग्यौं भने यदी ओलिलाई यसरी नै छोडिदिने हो भने यो देशमा न संविधान जोगाउन सक्छौं न संघीय लोकतन्त्र जोगाउन सक्छौं । त्यस कारण ओलिको विकल्पमा नेकपा एमालेको विकल्पमा हामीले संघीय लोकतान्त्रिक पक्षधर शक्तिहरु एक ठाउँमा उभिनु पर्छ भनेर गठबन्धन गरेका हौं ।

सम्बन्धित समाचार