संखुवासभाको धुपूमा फौजि किराले मकै सखाप



सभापोखरी । संखुवासभाको सभापोखरी गाउँपालिकामा फौजी किराको आतङ्क सुरु भएको छ । किसानले लगाएको मकै बालीमा यो किराको प्रकोप देखा परेको हो ।
गाउँपालिकाका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

गाउँपालिकाको वडा नं १ को लेब्राङ, डाडागाउँ लगायतको क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् ।

“मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले”, लेब्राङका गोपी श्रेष्ठले भने । यी क्षेत्रमा मकैबालीमा दुई हप्तादेखि बिरुवाको पात तथा बोट फौजी किराले नष्ट गर्न थालेका छन् ।

प्राविधिकको सल्लाहअनुसार विभिन्न किटनाशक औषधि प्रयोग गर्न तयारी गरिरहेको किसानहरुले बताएका छन् । समस्या सामाधानको उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दैआएका छन् ।

सम्बन्धित समाचार