काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको गंगाले बताइन् । ुत्यस्तो ठूलो चोट होइन, सुमेरु अस्पतालमा सामान्य उपचारपछि हामी घर जाने तयारीमा छौं,ु उनले भनिन् ।
दाहाल भरतपुरको मेयरमा पुनः निर्वाचित भएपछि काठमाडौं आएकी हुन् । उनी केही दिनयता खुमलटारमा बस्दै आएकी छन् ।
प्रतिक्रिया