खाँदबारी । संखुवासभाका तेन्जिङ सालका भोटेले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आजै अर्थात २०२२ मे २९ बिहान ५ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।
उनले लामाको पहिरन अर्थात उचेन पेसु शिरमा सहित बिश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको नेपाल भोटे जनजाति सेवा संघका अध्यक्ष छिरीङ पान्दे भोटेले बताउनुभयो ।
संखुवासभा भोटखोला गाउँपालिका–३ घर भएका भोटेको सगरमाथाको सफल आरोहणले भोट खोलाको मात्र नभई संखुवासभाबासीको गौरव बढेको बताउनुभयो । भोटखोला क्षेत्रबाटसमेत हिमाल आरोहण गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
प्रतिक्रिया