भोटखोला । पहिरो गएपछि बन्द भएको संखुवासभाको भोटखोला गाउँपलिका जाने बाटो एक महिना पछि खुलेको छ । मकालु गाउँपालिका ३ को समाटारमा गएको पहिरो पञ्छाएपछि बाटो खुलेको हो ।
सडक माथीबाट सुख्ख पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोले बन्द भएको सडक भोटखोला गाउँपालिकाको आग्रहमा स्वामी नारायण कन्स्ट्रक्सन निर्माण सेवा प्रालीले पहिरो हटाएको हो । हिजो पहिरो पञ्छाएसँगै आजबाट यातायात सुचारु भएको हो ।
लामो समयसम्म बाटो अबरुद्ध हुदा भोटखोलाका स्थानीय नागरिकहरुलाई आवत जावतमा समस्या परेको थियो । दैनिक उपभोग्य सामग्रीहरु भरियाले बोकेर भोटखोला पुर्याउनु पर्दा महँगी बढेको थियो । सडक सुचारु भएसँगै स्थीति सामान्य हुँदै जाने भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताउनुभयो ।
प्रतिक्रिया