चैनपुरमा महिला सशक्तिकरणका लागि लेखा व्यवस्थापन तालिम



संखुवासभाको चैनपुरमा सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुरले २ दिवसीय लेखा व्यवस्थापन तालिमको आयोजना गरेको छ । उक्त तालिमको चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले एक कार्यक्रम बीच उद्घाटन गरे । चैनपुर नगरपालिका–६ स्थित रेडक्रस भवनमा भएको सो उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै नगर प्रमुख तामाङले चुनावको वेला राजनैतिक दल विशेषबाट उमेदवारी भएपनि निर्वाचित भएसँगै सबैको साझा जनप्रतिनिधि भएर जनतासँगै काम गर्ने बताए ।

कार्यक्रममा नगर प्रमुख तामाङले नगरका महिला दिदिबहिनीहरुलाई वित्तिय लेखा सम्बन्धि तालिम दिएर आ–आफ्ना वडामा अवस्थित आमा समूह तथा महिला समुहहरुमा दोहोरो लेखा विधिबाट संस्थाको हिसाव किताव चुस्तदुरुस्त राख्ने सीपको विकास हुने बताए ।

गत शनिवार कार्यक्रममा चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठले महिला दिदीबहिनीहरुको अधिकार र शसक्तिकरणको क्षेत्रमा प्रतिवद्ध भएर स्थानीय सरकार लाग्ने वताईन् । चैनपुर नगरपालिका वडा नं।१ का बुद्धिमान लिम्बू, वडा नं। ११ का तीर्थ राउत लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिए ।

चैनपुर नगरपालिका भित्रका ११ वडाहरुका प्रत्येक वडाका आमा समुहरुका २ जना महिला दिदीबहिनीहरु सहभागी हुने २ दिने तालिममा चैनपुर नगरपालिकाका लेखापाल दिपेन्द्र चौलागाईले सहजीकरण गरेको संस्थाका सचिव नमिता काफ्लेले जानकारी दिइन् ।

तालिममा आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रमको सभापति हेमकुमारी चौहानले नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख तथा ११ वटै वडाध्यक्षहरुको उपस्थितमा कार्यकालको सफलताको शुभकामना सहित अविर फूलमाला खादाले सम्मान समेत गरेका थिए ।

सम्बन्धित समाचार