काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आइतबार राति भएको टी २० खेलमा ओन्टारियोलाई ५५ रनले पराजित गरेको छ ।
लिग टु अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खलाका लागि तयारी गर्न क्यानडा पुगेको नेपालले यसअघि ५० ओभरको अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो ।
टीख२० खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा ओन्टारियो १५४ रनमै अलआउट भयो । अब नेपालले मंगलबार र बुधबार क्यानडासँग एक दिवसीय खेल खेल्नेछ ।
प्रतिक्रिया