कलाकार तथा सञ्चारकर्मी अलङ्कारलाई पितृशोक



काठमाडौँ, गायक, सङ्गितकार तथा महाकुलुङ मिडिया प्राली का अध्यक्ष अजय अलङ्कार कुलुङ पितृशोकमा परेक छन।

बुबा अम्बेर बहादुर कुलुङ ७९ बर्षको उमेरमा गत शुक्रबार दिनको ३ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

हिजो शनिबार पशुपति स्थित बनकालीमा कुलुङ संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। कलेजो तथा ब्रेनमा समस्या भई केएमसी हुँदै वीर अस्पतालमा उपचार चलिरहेको थियो।

अलङ्कार नेपाल किरात कुलुङ भाषा संस्कृती उत्थान संघ (किरात कुलु गुस्खम) केन्द्रिय समितिका सचिव, इन्डिजिनियस टेलिभिजनका प्रस्तोता, महाकुलुङ टेलिभिजनका अध्यक्ष,सन्चालक हुन भने करिब ३ दर्जन बढी गितहरु रेकर्ड गरिसकेका छन।

करिब आधा दर्जन गितिसंग्रह,एल्बम प्रकाशनमा आएका छ्न।

सम्बन्धित समाचार