खाँदबारी । चिचिला गाउँपालिकाको चिनारी गीत सार्वजनिक गरिएको छ । गाउँपालिकाको लगानीमा निर्माण गरिएको गीतको भिडियो गायिका कुसुम गुरुङको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा कुसुम गुरुङ, पवित्रा गुरुङ, नवराज लाम्सोङ र सविन शंकरको आवाज रहेको छ । गायक गायिका सवै चिचिला गाउँपालिकाकै हुन् । गीतको शब्द दिपन कुमार श्रेष्ठले लेखेका हुन् भने पदम राजन मगरले संगीत दिएका हुन् । गीतलाई ताराबहादुर बुढाथोकी, नुदन लोहोरुङ र महेन्द्र राई सम्मिलित ३ सदसीय समितिले छनौट गरेका हुन् ।
मनोज राईले छायाँकन तथा सम्पादन गरेको गीतको भिडियोमा चिचिला गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रहरु, विकाश निर्माण र जनजिविकाहरुको दृश्य राखिएको छ । गीतको लागि ध्यान कुलुङ र दुर्गा बान्तावा राईले ड्रोन भिडियो खिचेका हुन् । मनिराज गुरुङले निर्देशन गरेको भिडियो माताश्री सञ्चार गृहले निर्माण गरेको हो ।
प्रतिक्रिया