सिलिचोङमा सडक र पुल गठबन्धनको पहिलो प्राथमिकतामा



ताम्कु । बाम लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान सिलिचोङमा हालै सम्पन्न भएको छ । आसन्न निर्वाचनका लागि सवै उमेद्वार तथा नेताहरुको उपस्थितिमा पाँचवटै वडामा चुनावी अभियान सम्पन्न भएको हो ।

चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गठबन्धन दलका उमेद्वारहरुले सिलिचोङ गाउँपालिकामा सडक पुर्वाधार र मोटरेबल पुल पहिलो प्राथमिकतामा राखिएको बताएका छन् । सिलिचोङ भौगोलिक रुपमा विकट भएकोले दश स्थानीय तहहरु मध्ये प्राथमिकतामा पर्ने पालिकाको रुपमा रहेको समेत बताएका छन् । पुर्व सांसदहरुले यस पालिकालाई बजेट उपलब्ध नगराएको कारण अझै पनि विकासको अनुभुति गर्न नपाएको उमेद्वार तथा नेताहरुले बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेद्वार दिपक खड्काले मानेभञ्ज्याङदेखि हेलुवाबेँशीको सडक कालोपत्रे सम्पन्न गरि अरुण नदिमा पुल निर्माण सम्पन्न गर्ने बताए । यस बाहेक बुम्लिङ, बुधबारे हुँदै गाउँपालिकाको केन्द्र ताम्कुसम्म कालोपत्रे गर्ने गरि बजेट उपलब्ध गराउने समेत प्रतिवद्धता ब्यक्त गरे । सिलिचोङ गाउँपालिकामा साना ठुला नदि तथा खोलाहरु भएकोले ठाउँठाउँमा मोटरेबल पुल आवश्यक रहेको खड्काले बताए । त्यस मध्ये मुम्लिङदेखि सल्लेरी विचको संखुवा खोला, शिसुवाटार बुधबारेदेखि ताम्कु आउने संखुवाखोलामा समेत पक्कि पुल निर्माण गरिने खड्काले प्रतिवद्धता ब्यक्त गरे । बुधबारे स्थित शिसुवाखोलामा निर्माण हुन लागेको पलको लागि समेत आवश्यक बजेटको सुनिश्चितता गर्ने खड्काले प्रतिवद्धता ब्यक्त गरे ।

प्रदेश सभा (क) तर्फका प्रदेश सभा सदस्यको उमेद्वार राजेन्द्र कार्कीले स्थानीय आवश्यकताको आधारमा विकास निर्माण गरिने बताए । गाउँपालिकाको प्राथमिकताको योजनाहरुलाई बजेट अभाव नहुने गरि उपलब्ध गराउने कार्कीको भनाई थियो । सिलिचोङ गाउँपालिकामा गठबन्धन दल भित्रकै उमेदवारहरु निर्वाचिन भएकोले समन्वय र सहकार्यमा सहजता मिल्ने कार्कीको भनाई थियो । सिलिचोङमा गठबन्धन दलकै उमेद्वारहरु निर्वाचित भएकोले प्रदेश र संघमा पनि गठबन्धन दलका उमेद्वारहरुलाई मतदान गर्नु उपयुक्त रहेको कार्कीले बताए ।

अर्को प्रसंगमा प्रतिनिधि सभाका उमेद्वार दिपक खड्काले सिलिचोङ जलश्रोतको धनि भएकोले यहाँका प्रत्येक खोला नालाबाट पालिकावासीलाई समृद्धि दिलाउने बताए । संखुवा, सिसुवा, अप्सुवा लगायतका खोला नालाहरुबाट विद्युत उत्पादन गरि यहाँका नागरिकहरुको आर्थिक स्थीति उकासिने बताए । विद्युत उत्पादनको क्षेत्रमा आफै लगानी गर्न सक्नेहरु बाहेकले पनि शेयर पाउने प्रबन्ध मिलाईने खड्काले प्रतिवद्धता ब्यक्त गरे ।

सङ्खुवासभामा प्रतिनिधि सभा तर्फ १ र प्रदेश सभा तर्फ २ वटा निर्वाचन क्षेत्रहरु छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट दिपक खड्का उमेद्वार बनेका छन् । प्रदेश सभा ९क० तर्फ नकपा माओवादी केन्द्रका राजेन्द्र कार्की र प्रदेश सभा (ख) तर्फ नेकपा एकिकृत समाजवादीका सरिता खड्का उमेद्वार बनेका छन् ।

सम्बन्धित समाचार