ताप्लेजुङमा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते



ताप्लेजुङ । फुङलिङ नगरपालिका–८ दोखुमा शनिबार बिहान टेम्पो पल्टिँदा माबली बाजे र नातिको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् ।

सुकेटार विमानस्थलबाट जहाजमार्फत काठमाडौं उपचारका लागि हिँडेका पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उनलाई पुर्‍याउन हिँडेका फुङलिङ नगरपालिका ८ दोखुका ११ वर्षीय इशान गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । नाङखोल्याङमै घर भएका टेम्पो चालक गंगाराम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

टेम्पो सडकदेखि झन्डै दुई सय मिटर तल झरेको स्थानीयले बताएका छन् । स्थानीय अमर विश्वकर्माका अनुसार टेम्पो ढुंगामा उछिटिएर खसेको अनुमान गरिएको छ । ००२/००३/ह ३९०० नम्बरको टेम्पो पल्टिएको हो ।

टेम्पो खसेको देख्नासाथ आफूहरु घटनास्थलमा गएर चालकलाई अस्पताल पठाएको तर बाजे र नातिको घटनास्थलमै मृत्यु भएको पाइएको विश्वकर्माले बताए ।

 

 

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..