एक अर्कामा शंका नगरौं, गठबन्धनलाई भोट दिऔं : केन्द्रीय सदस्य गुरुङ



संखुवासभा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले निसंकोच गठबन्धनका साझा उमेद्वारहरुलाई मतदान नर्न आग्रह गरेका छन् । गुरुङले जिल्ला सदरमुकाम खाँदबारीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

अन्तर पार्टी वा पार्टी भित्र कुनै अन्तर विरोध भएपनि गठबन्धन देशको आवश्यकता भएकोले मतदान गर्न संकोच नमान्न गुरुङले आग्रह गरेका हुन् । गठबन्धनमा रहेका दलहरु विच नै कुनै पक्ष वा विपक्ष बनाएर लाभ लिने उद्देश्यले गलत सुचना फैलाउन सक्ने सम्भावना रहेकोले त्यस तर्फ समेत सचेत रहन आम कार्यकर्ताहरुलाई गुरुङले आग्रह गरे । गठबन्धन विरुद्धमा कोहि नेता तथा कार्यकर्ता लाग्न नहुने र नलाग्ने समेत गरुङले विश्वास ब्यक्त गरे ।

आफु निर्वाचन प्रचारप्रसार समितिको केन्द्रीय समितिमा रहेको र अन्य जिल्ला नगएर आफ्नै जिल्लामा सिमित रहेको बताए । अघिल्लो निर्वाचनको मत परिणाम अनुसार संखुवासभामा ७ हजार मतले गठबन्धन अगाडी रहेको र त्यसलाई कायम राख्न सवै नेता तथा कार्यकर्तालाई आग्रह गरे । गाउँघरमा मतदान गर्न अल्मलिनेहरु अझै पाईएकोले सहि तरिकाले मतदान गर्न सिकाउन आवश्यक रहेको समेत गुरुङले बताए ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..