देशभर चिसो बढ्यो, प्रदेश १ मा वर्षाको सम्भावना



काठमाडौं । काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्दै गएको छ।

हिजो काठमाडौंको न्युनतम तापक्रम यस वर्षकै कम मापन भएको थियो। आज हिजोभन्दा १ डिग्री सेल्सियसले घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उनका अनुसार हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्रीमा झरेको छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हुस्सु लागेको छ । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ।

तापक्रम क्रमिकरुपमा घट्दै गएकाले चिसो बढ्दै गएको विभागले जनाएको छ। आज प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना समेत रहेको विभागको भनाइ छ। त्यसैले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..