संखुवासभाको विकासका लागि गठबन्धनलाई जिताउनुस् : दिपक खड्का



खाँदबारी । नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको विकासका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभएको छ ।

लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट संखुवासभाको प्रतिनिधीसभा सदस्यको उम्मेदवार खड्काले आज मादी नगरपालिकामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनले जिते संखुवासभाको विकासले जित्ने बताउनुभएको हो ।

उहाँले गोपाल पहाडीले हार्दा संखुवासभाको विकासले हारेको स्मरण गर्दै त्यस्तो गल्ती नदोहो¥याउन आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले कुनै लोभलालच र भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई विजय गराउन लाग्नुपर्ने बताउनुभयो ।

पूर्व राज्यमन्त्री खड्काले आफू सांसद भएपनि मन्त्री भएपनि जनताको सेवकको रुपमा सँधै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संखुवासभाको विकासका लागि प्रतिनिधीसभा र प्रदेशसभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुपर्ने उहाँको भनाई थियो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..