मानेभञ्ज्याङ-हेलुवाबेँशी सडकको ठेकेदार भन्छन्, ‘भेटेर कुरा गर्नु होला’



खाँदबारी । मानेभञ्ज्याङ-हेलुवाबेँशी सडक कालोपत्रेको ठेकेदार याक्थुम्हाङ निर्माण सेवा प्रालिका सञ्चालक तेजकुमार कुरुम्बाङले सडकको बिषयमा गुनासो गर्दा भेटेर कुरा गर्ने बताएका छन् । सडकको उपभोक्ता क्षेत्रका युवाहरुले सामाजिक सञ्जालमा गुनासो गर्दा यस्तो प्रतिकृया दिएका हुन् ।

पछिल्लो समय कुरुम्बाङ आफुले जिम्मा लिएको काम छोडेर राजनितिक दौडधुपमा रहेको पाएपछि स्थानीय युवाहरुले गुनासो गरेका छन् । कुरुम्बाङले हिन्दु राष्ट्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा भोट माग्दै हिँडेपछि केहि युवाहरुले आफ्नो क्षेत्रको जिम्मा लिएको कामलाई प्राथमिकता दिन अनुरोध गरिएका थिए ।

मानेभञ्ज्याङदेखि हेलुवाबेँशीसम्म सडक कालोपत्रे गर्न याक्थुमहाङले लिएको म्याद कार्तिकको पहिलो हप्ता नै सकिएको छ । आयोजना सम्पन्न गर्नु पर्ने समय सकिदा ३० प्रतिशत मात्र काम सकिएको जिल्ला पुर्वाधार कार्यालय संखुवासभाले जनाएको छ । अहिल निर्माण अवधि थप्न लागिएको पुर्वाधार कार्यालयले जनाएको छ ।

बर्षातको समयसम्म ठप्प रहेको सडक करिव एक महिनाबाट सामान्य रुपमा सवारी सञ्चालनमा आएको छ । निर्माण कम्पनीले नै सडक सफाई गरेपछि सवारी सुचारु भएको हो । बर्षा लागेसँगै कार्यस्थल छोडेर गएको निर्माण कम्पनी काममा फर्केको छैन । थप गरिने एक बर्षको अवधिमा पनि काम सकिने सम्भावना नरहेको सम्बन्धित क्षेत्रका ब्यावसायीहरु बताउँछन् ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..