बसको ठक्करबाट दम्पतीको मृत्यु



बिर्तामोड। पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका ७ दुर्गापुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।

मङ्गलवार दिउँसो साढे ३ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ४ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई मोटरसाइकलमा सवार अर्जुनधारा नगरपालिका ६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र उहाँकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीलाई सख्त घाइते बनाएको थियो । घाइते दुवैको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा साढे ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि बस र बस चालक मोरङ सुन्दरहरैचा वडा नं. ६ बस्ने ४० वर्षीय भूपाल देवानलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..