आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु



भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, राईटोलमा बुधबार बिहान आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु भएको छ । माथिल्लो कुण्डोलस्थित आत्माराम केसीको इँटा र काठले बनेको जस्ताको छानो भएको तीन तले कच्ची घरमा बिहान पौने ८ बजे अचानक आगलागी सुरु भएको थियो ।

आगलागीमा परी केसीकी २५ वर्षीया छोरी अस्मिता केसीको जलेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । उनी बौद्धिक अपांग हुनुका साथै र प्यारालाइसिसबाट ग्रसित थिइन् ।

आगलागी भएको खबर पाउने बित्तिकै घटनास्थलमा प्रहरी पुगेको थियो । भक्तपुरबाट गएका दुईवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी र स्थानीयले करिब नौ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीमा परी केसीकी १४ वर्षे छोरी नित्मा केसी घाइते भएकी छिन् ।

उनको उद्धार गरी कोरियन अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ । घटनाको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..