भोजपुरमा गठबन्धनको चुनावी सभामा बम विष्फोट, एक जना घाईते



खाँदबारी । भोजपुरको पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । बम विष्फोट हुँदा अरुण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाईते भएका छन् ।

श्रेष्ठको खुट्टामा चोट लागेको छ । बम उनी आफैले बोकेको आसंका गरिएको छ । उनी विप्लपको कार्यकर्ता रहेको स्थानीयले बताएका छन् ।

हाल तिवारी भञ्ज्याङमा चुनावी सभा चलिरहेको छ । सभालाई सम्बोधन गर्न केहि समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाश शरण महत आउने कार्यक्रम रहेको बताईएको छ ।

सम्बन्धित समाचार