काकीको हत्या आरोपमा भतिज पक्राउ



जनकपुरधाम । धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ वेलापट्टिका २० वर्षीय दिलीपकुमार साह छन् ।

सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतकको अनुहारमा गम्भीर चोट लागेको र रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो । दिलीप शङ्कास्पद अवस्थामा भेटिएका थिए । उनको हातको बूढीऔँला तथा घाँटीमा घाउ रहेको प्रहरीको भनाइ छ । दिलीपसँग कवितादेवीको मोबाइलसमेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार