करेन्ट लागेर चैनपुरमा एकको मृत्यू



चैनपुर । संखुवासभाको चैनपुर नगरपालिका–९ स्थित त्रिशुलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज (सोमबार) करिब ४ बजेतिर आफ्नै घरमा राखेको मिनी राइस मिलमा करेन्ट लागेर स्थानीय २९ बर्षीय शिवकुमार भण्डारीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतको अनुसार दिउँसो मकै पिस्ने क्रममा करेन्ट लागेर भण्डारी गम्भीर घाइते भएपछि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र तर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

सम्बन्धित समाचार