प्रत्यक्षदर्शी भन्छन्-विमान असन्तुलित भएर हल्लिंदै खस्यो



पोखरा । काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना हुनु अघि अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी रहेका रवीन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो ।

‘खस्ने बेलमा विमान पूरै उल्टै भयो, एकैचोटि भुईंमा झर्‍यो’ उनले भने, ‘ठूलो आवाज आयो ।’

दुर्घटनाका भएको १२ मिनेटपछि दमकल आएको उनले बताए ।

‘घटना ठ्याक्कै १०:५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो’ उनले भने । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खोंचमा दुर्घटना भएको हो ।

सम्बन्धित समाचार