सङ्खुवासभा उद्याेग वाणिज्य सङ्घकाे १५औ साधारण सभा



खाँदबारी। सङ्खुवासभा उद्योग वाणिज्य सङ्घको १५ औ साधारणसभा बिहिबार सम्पन्न भएको छ । सङ्घका सस्थापक अध्यक्ष श्यामसुन्दर उदाशको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष कृष्णभगत प्रधानले सङ्ले एक बर्षभरी गरेको काम र उपलब्धिका बारेमा जानकारी गराएका थिए । उनले खाँदबारी नगरपालिका सङ्ग पनि सहकार्य गरेर अघि बढेको बताए ।

सङ्घका महासचिव सरोज बज्राचार्यले १ बर्ष भरी गरिएको कामको प्रतिबेदन प्रस्तुत गरे । उनले कर कार्यालयमा हेल्पडेक्स स्थापना गरिएको बताए ।

कोषाध्यक्ष जनक पौडेलीले आम्दानी र खर्चकोबारेमा जानकारी गराएका थिए । प्रदेश सदस्य युवराज शाक्यले मङ्गलबारको बिदालाई छलफल गरेर अघि बढाउनु पर्ने बताए । उनले सङ्ले कार्य तालिका बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । सस्थापक अध्यक्ष श्यामसुन्दर उदाशले स्थापना काल देखि हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउँदै उनले उद्योग व्यवसायीका हकहितका लागि सङ्ले गरेको भूमिका अतुलनीय भएको बताए । उद्घाटन कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले गरेका थिए ।

 

सम्बन्धित समाचार