नेतृत्वको व्यक्तिगत स्वार्थका कारण पार्टी कमजोर बन्दै गएकाे छ: डा. रिजाल



लिस्वन । नेपाली कांग्रेस, नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले कांग्रेसको नेतृत्वहरुले पार्टीको सिद्धान्त र लोकतान्त्रिक मूल्यमान्यता भुल्दै गएको आरोप लगाएका छन् ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलले लिस्बनमा गत शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. रिजालले शिर्ष नेताहरुले व्यक्तिगत स्वार्थकेन्द्रित राजनीति गर्दा पार्टी झन् कमजोर हुँदै गएको दावी गरे । पछिल्लोपटक मुलुकको ठूलो पार्टी भएर पनि सत्ताविहिन हुनुमा नेतृत्वको हठले काम गरेको र महामन्त्रीहरुले पनि प्रभावकारी हस्तक्षेप गर्न नसकेमा उहाँहरु पनि दोषी रहेको बताउनुभयो ।

डा. रिजालले विगतका कमजोरीहरु विश्लेषण गर्दै बलियो पार्टी निर्माण सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर लाग्नु पर्ने पनि बताउनु भयो ।

यसैगरी डा. रिजालले पोर्चुगलमा रहेका नेपालीहरुको समस्याप्रति आफू जानकार रहेको र समाधानका लागि विशेष पहल गर्ने आश्वासन दिएका छन् । नेपालीहरुले पोर्चुगलमा राजदूतावास नहुँदा राहदानी प्राप्त तथा नवीकरण गर्न समस्या झेलिरहेको विषयमा नेपाल फर्किनासाथ परराष्ट्रमन्त्रीसँग छलफल गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक सभापति पूर्ण हमाल, पूर्व सभापति लक्ष्मीप्रसाद सापकोटा, महासमिति सदस्य चिजकुमार तामाङ, महाधिवेशन प्रतिनिधि नवीन आचार्य, गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष रवीन अधिकारी, जनजाति महासंघका अध्यक्ष हेम गुरुड, लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार