खाँदबारी । सङ्खुवासभामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङ भित्र एक जनाको मृत्यू भएको छ भने २ जना घाईते भएका छन् । पुखुवा स्थित सुरुङ भित्र काम गर्ने क्रममा मंगलबार विहान सुरुङ भत्किएर दुर्घटना भएको बताईएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० बर्षीय सुर्य गोले तामाङ रहेका छन् । घाईते हुनेहरुमा भोजपुरका ५४ बर्षीय भिमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ बर्षीय मङ्गल तामाङ रहेका छन् ।
घाईतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्तकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याईएको छ ।
प्रतिक्रिया