सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका १० खराङमा रुखले थिचेर एक महिलाको ज्यान गएको छ ।
सनिबार बेलुकी आएको हावाहुरीले ढलेको रुखले थिचेर २४ वर्षीया कल्पना विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताउनुभयो ।
घर नजिकै धारामा पानी लिन जाँदा उत्तीसको रुख लडेर उहाँलाई थिचेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया