आज मात्र हाेईन, हिजैबाट श्रमदानले समृद्ध बनेकाे गाउँ ‘लकुवा’ (भिडियाे)



खाँदबारी । अरुण पारिका गाउँ भनेर चिचिने सिलिचाेङ गाउँपालिका राज्यकाे पहुँच र श्राेत साधनबाट निक्कै टाढा थियाे । पछिल्लाे समय स्थानीय तहकाे निर्माण पछि भने विकासे बजेटबाट सम्बाेधन हुन थालेकाे छ ।

तर त्यस भन्दा पहिले सरकारी बजेटबाट याेजना खासै सञ्चालन हुन्नथ्याे । केहि गैह्र सरकारी संघसंस्थाहरुले भित्र्याएकाे बजेट बाहेक गाविस मार्फत आएकाे रकम रकममा साेझा सिधा गाउँलेहरुकाे पहुँच नै हुन्नथ्याे । र पनि गाउँघरकाे सार्वजनिक ठाउँहरुकाे विकास त गर्नै पर्याे । त्यसकाे एक मात्र विकल्प थियाे ‘श्रमदान’ ।

बर्षाैदेखि श्रमदान गर्दै आएका नागरिकहरुकाे श्रमलाई गैह्र सरकारी संस्था ईकाे हिमालले थप ब्यवस्थित गरिदियाे र नाम नै राखिदियाे ‘दश मिनेट दान’ । मतलव प्रत्येक दिन १० मिनेट श्रमदान ।

यसरी सुरु भएकाे श्रम संस्कृति अझै पनि जिवित छ सिलिचाेङ गाउँपालिकामा । गाउँपालिकाबाट प्राप्त बजेट पर्याप्त हुदैन । काम पुरा गर्न श्रमदान अनिबार्य छ । यसरी श्रमदानले नै गाउँ समृद्ध हुँदै गएकाे सिलिचाेङ गाउँपालिका ३ स्थित लकुवा गाउँकाे समृद्धिकाे यात्राकाे बारेमा अघिल्लाे बर्ष तयार गरिएकाे भिडियाेमा यहाँ प्रस्तुत गरेका छाैं ।

 

सम्बन्धित समाचार