खाँदबारी नगरपालिकालाई नेफिनकाे सुझाव, ‘सर्वसहमति जुटाएर मात्र  पाेखरी पार्कमा  संरचना बनाउनु’



खाँदबारी । सङ्खुवासभाकाे सदरमुकाम समेत रहेकाे खाँदबारी नगरपालिकाकाे प्रमुख केन्द्र पाेखरी पार्कमा निर्माण भईरहेकाे ४ वटा मन्दिरकाे विषयमा आदिवासी जनजाति महासंघ (नेफिन) ले असन्तुष्टि ब्यक्त गरेकाे छ । महासंघले खाँदबारी नगरपालिकाकाे प्रमुख महेश थपलियालाई भेटेर असन्तुष्टि ब्यक्त गरेका छन् ।

पाेखरी पार्कमा कुनै ईतिहास तथा किम्वदन्ति समेत नजाेडिएकाे भगवानहरुकाे मुर्ती राख्दा साम्प्रदायिक सद्भावकाे समस्या आउने मात्र नभई पाेखरीकाे ईतिहास समेत नामेट हुने छलफलमा सहभागी पदाधिकारीहरुले बताएका थिए । विगतमा राखिएकाे मुर्ती समेट फुटाईएकाे ठाउँमा अनावश्यक मुर्ती राख्दा त्यसबाट बिवाद सिर्जना हुने भएकाेले पर्याप्त छलफल र सर्वसहमती जुटाएर मात्र अगाडी बढ्न नेफिनका अध्यक्ष विपिन तामाङले सुझाव दिए ।

पाेखरी पार्कमा निर्माण हुँदै गरेकाे संरचनाकाे बारेमा बजार क्षेत्रमा नै पनि अधिकाँस असहमत पाईएकाेले पनि पर्याप्त छलफल विना अगाडी बढ्न उचित नरहेकाे टाेलीमा सहभागीहरुले बताएका थिए । बजार विचकाे पार्कलाई खुल्ला राख्नु पर्नेमा असान्दर्भिक संरचना निर्माण गर्न उचित नरहेकाे कृष्णप्रसाद तामाङले सुझाव दिनुभयाे । पाेखरी पार्क सङ्खुवासभाकाे केन्द्रकाे सार्वजनिक स्थल भएकाेले सम्पुर्ण जिल्लावासी नै यसकाे सराेकारवाला रहेकाे तामाङले स्पष्ट पार्नुभयाे ।

पाेखरी पार्कमा निर्माणाधिन संरचनाकाे विषयमा छलफल गर्नकाे लागि नगर प्रमुख थपलियाले नै नेफिनलाई छलफलका लागि बाेलाएका थिए । पार्कमा किरातेश्वर महादेव (शिव) , भगवान बुद्ध, हनुमान र लक्ष्मीकाे मुर्ती राख्ने याेजना रहेकाे नगर प्रमुख थपलियाले जानकारी गराएका थिए । उक्त मुर्तीहरुले सवै सम्प्रदायलाई समेट्ने भएकाेले सद्भाव बढ्ने आफुहरुकाे अपेक्षा रहेकाे उहाँले स्पष्ट पार्नुभयाे ।

उक्त मुर्तीहरु खाँदबारी ल्याईसकिएकाे र आगामी मंसिर ७ र ८ गते प्रतिष्ठापन गर्ने तयारी भईरहेकाे नगर प्रमुख थपलियाले जानकारी दिनुभयाे । आदिवासी समुदायका सराेकारवालाहरुकाे सुझाव पछि उक्त मितिमा मुर्ती प्रतिष्ठापन नगर्ने भएकाे छ । यस विषयमा नगर प्रमुख थपलियाले जनजाती महासंघकाे संस्थागत निर्णय माग गरेका छन् । उक्त निर्णयकाे आधारमा अगाडी बढ्ने नगर प्रमुख थपलियाले प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचार