सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो



काठमाण्डौ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज​ सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार